काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।  बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले जनता आवाजहरूलाई अधिकतम रूपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरूलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here