इजरायलले गाजामा विद्युत् आपूर्ति तुरुन्तै रोक्ने निर्णय गरेको छ। इजरायली अधिकारीहरूका अनुसार, हाल बाँकी रहेका ५९ जना बन्धकको शीघ्र रिहाइका लागि हमासमाथि दबाब बढाउन यो कदम चालिएको हो।

इजरायलका ऊर्जा मन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेशनलाई गाजामा बिजुली आपूर्ति रोक्न निर्देशन दिएका छन्।

इजरायली ऊर्जा मन्त्री एली कोहेनले गाजा पट्टीमा विद्युत् आपूर्ति तत्काल रोक्ने आदेशमा हस्ताक्षर गरेको घोषणा गरेका छन्। उनले भने, “हामी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न र गाजाबाट हमासलाई समाप्त गर्न सबै उपलब्ध उपायहरू प्रयोग गर्नेछौं।”

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल, र अन्य आवश्यक सामान बोकेका सवारीसाधनहरूको आवागमन रोकिएको थियो। ऊर्जामन्त्री कोहेनले अब पानी आपूर्ति बन्द गर्ने सम्भावनाबारे समेत विचार भइरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here