काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। उद्धारपछि उनलाई अस्पताल लगिएको छ।

गएराति करिब १२:३० बजे स्थानीय उत्तम कार्कीले फेसबुकमा लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर उनलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार उत्तम कार्कीको उपचार हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ। उनको हात र अनुहारमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

फेसबुक लाइभमा उनले एक स्थानीय युवतीबाट मानसिक तनाव पाएको, सोही कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको, साथै प्रहरीसँग न्याय नपाएको गुनासो व्यक्त गरेका थिए। उनले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख भोग्नुपरेको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here