१ चैत, काठमाडौं । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।

यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरेको छ ।

गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयन गरिरहेको छ । जसमा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम बनाइएको हो । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।

यसलाई संशोधनमा कायम राख्दै गाउँपालिकाले सूचीकरण नगरी उडाए दोब्बर अर्थात् प्रतिउडान २० हजार रुपैयाँ शुल्क लाग्ने बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here