प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेकाे ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक’ मा लोक सेवा आयोगको परीक्षा दिने अवसर ६ पटकसम्म सीमित गर्ने प्रस्ताव राखिएको छ।
समितिअन्तर्गतको उपसमितिले यस प्रावधानलाई विधेयकमा समावेश गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ। यस निर्णयसँगै अब कुनै व्यक्तिले लोक सेवा आयोगको परीक्षा अधिकतम ६ पटकसम्म मात्र दिन पाउने व्यवस्था लागू हुने सम्भावना छ।
4o





