२६ वैशाख, काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज काभ्रेको धुलिखेलमा सुरु भएको छ। तर, सोही सभास्थलमा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि त्यहाँ तनावको स्थिति सिर्जना भएको छ।

थापालाई पास नभएको भन्दै सभास्थलको गेटमै रोकेपछि स्थिति जटिल बनेको हो। प्रवेश रोकिएपछि आक्रोशित देखिएका थापाले भने, “कि अदालतको निर्णय मान्दिन भन्नुपर्‍यो, कि साधारण सभामा प्रवेश गर्न दिनुपर्‍यो।”

थापा सन् २०१५ अप्रिल १६ देखि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट प्रतिबन्धित थिए। उक्त प्रतिबन्ध १० वर्षको अवधि पूरा गरी २०२५ अप्रिल १५ मा फुकुवा भएको थियो। त्यसयता उनी पुनः फुटबल गतिविधिमा सक्रिय भइरहेका छन्।

धुलिखेलमा जारी एन्फाको यो साधारण सभाले थुप्रै विषयमा निर्णय लिने तयारी गरिरहेको छ, तर थापालाई रोकेको विषयले प्रारम्भमै विवाद उत्पन्न गराएको छ।

अधिक जानकारी आउँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here