६ जेठ, रुपन्देही — कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन्। रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी आज आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएको प्रहरीले जानकारी दिएको छ। चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बुटवलकोहिरासतमा राखिएको छ। कमलेशशरण चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शुद्धोदन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here