काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।

रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए । उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।

संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । उनलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here