मकवानपुर ।  बकैया गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

गाउँपालिकाको वडा नंबर २ कालापानीमा गएराति परेको चट्याङले स्थानिय २५ वर्षीया विना घिसिङ र १४ वर्षीया सम्झना घिसिङको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।

यसैगरि चट्याङ लागेर सोहि स्थानका १४ वर्षीय किरण जिम्बा गम्भीर घाईते भएका छन् । उनको स्वास्थ्य चौकी धियाँलमा उपचार भईरहेको छ बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here