ललितपुर । ललितपुरस्थित बेथेल बचत तथा ऋण सहकारी संस्थाको दशौ वार्षिक साधरण सभा आइतबार सम्पन्न भएको छ ।
ललितपुर–४ मा रहेको बेथेल बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सहकारीका अध्यक्ष बि.एन. पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो ।
सहकारीमा अहिले दुई हजार भन्दा अधिक सदस्य आबद्ध र ९०० सय जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको आथिक वर्ष २०७७/७८ को कुल कारोबार १७ करोड ४९ लाख २० हजार १ सय पैतीस रहेको सहकारीले जनाएको छ ।
साधारण सभामा सहकारीको १० वर्षे यात्राका केही झलकहरुको प्रस्तुत गरिएको थियो भने कार्यक्रमकाबीच विभिन्न बिधामा ५ जनालाई सम्मानित गरेको छ ।
सहकारीका अध्यक्ष बि. एन. पण्डितले आर्थिक बर्ष ०७८/०७९ मा रु. ५० लाख बराबरको थप शेयर पुँजी जारी गरि आगामी बर्ष भित्र शेयर पुँजी २ करोड पुर्याइ संस्थाको वासलात २० करोडको लक्ष्यमा पुग्ने योजना रहेको बताउनु भयो ।
भेलाले खत्रीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । सहकारीको अन्य पदाधिकारीहरुमा बि. एन. पण्डित उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव तथा ऋण समिति संयोजक र उत्तम राजकर्णीकार कोषाध्यक्षसहित ७ सदस्यीय कार्यसमिति चयन भएका छन् भने विभिन्न उपसमितिहरुमा समेत पदाधिकारी चयन गरेको छ ।