नारायणहिटी संग्राहलय रोयल बगैचा रेष्टुरेन्ट सञ्चालन लगायत देशका विभिन्न स्थानमा सरकारी जमिन कब्जा जमाएको विषयलाई लिएर विवादमा जोडिन पुगेको वतास समुह व्यास नगरपालिका वडा नं ५ स्थित मानहुँ डाँडामा जोडिन पुगेको छ ।

वतास समुहले मानहुँ डाँडा ५० बर्ष लिजमा लिनका लागि प्रस्ताव पेश गरेको छ । वतास समुहले पेश गरेको प्रस्तावलाई व्यास नगर कार्यपालिकाको बिहिबार बसेको कार्य पालिका बैठकले निजी साझेदारी ऐन अनुसार वतास समुहको व्यास हिल्स प्रा.लि.बाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसंग आवश्यक परामर्श गरी सम्बन्धित प्रस्तावकलाई थप स्पष्ट हुने गर्न लगाई सम्झौताको आवश्यक प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

वतास समुहले पेश गरेको प्रस्तावमा मानहुँकोटमा पाटन देखि मानहुँकोटसम्म केवलकार सञ्चालन , मानहुँकोटमा होटल ,जिप लाइन लगायतका संरचना निर्माण गर्ने जनाएको छ । मानहुँकोटमा वतास समुहले ४ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव पेश गरेको छ । यसैबीच हतार–हतारमा अगाडि बढाईयो सम्झौता प्रक्रियाको विषयलाई लिएर दमौलीमा आलोचना हुन थालेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here