कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ । निको हुनेभन्दा संक्रमितको दर बढ्दा सक्रिय संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ । यसमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा मात्रै २४ हजार ५७६ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

काठमाडौं जिल्लामा १७ हजार ७०९, ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार ३९६ सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here