देशभर पछिल्लो २४ घण्टामा ८ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ६० जनाको पिसिआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ४ संक्रमितले ज्यान गुमाएका छन्।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here