१९ भदौ, काठमाडौं । सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको अवस्थाबारे बताएका छन् ।
उनले त्यहाँ लामो टनेल भएकाले अरु पनि धेरै जना परेको हुनसक्ने बताएका छन् ।
बाढी आएपछि आफू कसरी त्यहाँ फसेँ भन्ने पनि उल्लेख गरेका छन् ।
उनले नेपाली सेनाका अधिकारीहरूसँग गरेको छोटो संवादको अंश यस्तो छ :
भित्र कति जना जति छन् होला ?
भित्र त म कन्ट्रोल रुममा अपरेटर काम गर्थे । आजकल अरु टाइममा त चार पाँच छ जना मात्रै हुन्थ्यो । यतिबेला चालीस पैतालिस जना नै थियो ।
अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो ।
अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो ।
अनि सबैलाई भाग्न लगाएँ । अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो । लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ ।
अब अझै भित्र कति जना जति अड्क्या छन् ?
हाम्रो सम्पर्कमा साथीहरू तीन चार जना मात्रै थिए । नजिक छेउछाउ ।
अनि भित्र पावर हाउस थियो । पावर हाउस भित्र पनि छन् मान्छेहरु ?
हुन सक्छन् । सबै भाग्न नसकेको होलाल् । टनेल लामो छ । त्यहाँ पानी पनि भित्र पसेको होला ।
धेरै दिनपछि बाहिर निस्किनु भयो आज, यो त दोस्रो जीवन हो बधाइ छ !
आज कति गते भयो ?
आज १९ गते हो । दोस्रो जीवन नै भयो ल धेरै धेरै बधाई !
म महामन्त्र जप गर्दै बसेको थिएँ ।