२२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्।

जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेशमन्त्रीलाई आश्वस्त पारेका छन्।

यस कठिन घडीमा अमेरिकाले गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए।

टेलिफोन वार्तामा अमेरिकी विदेशमन्त्री रुबियोले विपद्को यस घडीमा नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here