नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन्। उनले असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिए।

संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाले बाँधिएकाले एक दिन वा एक घण्टा पनि मिति नसर्ने उनको भनाइ छ। महाधिवेशनमा सबैको सहभागिता रहने बताउँदै थापाले महाधिवेशनपछि ७७ वटै जिल्लाका गाउँ–गाउँ पुग्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here