नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ।

एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए।

उनका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो।

एमसीसीको विपक्षमा उभिँदै कार्यकर्र्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here