काठमाडाैं, २० फागुन

एन्फा लिग कमिटीका संयाेजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घाेषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् ।

नेपाल सुपर लिग दाेस्राे संस्करणमा काठमाडाैं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएकाे उनले बताएका छन् । ‘लिग कमिटीकाे संयाेजक र काठमाडाैं रेजर्स फुटबल क्बलकाे डाइरेक्टरकाे रुपमा सँगसँगै काम गर्दा कतिपय अफ्ठेरा आउनसक्ने तथा दाेहाेराे जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जाेडिन जाने भएकाले आजकाे मितिदेखि राजीनामा पेस गरेकाे छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here