नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here