काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन्।

मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन्।

 

कार्यक्रममा करिश्माले एमाले नेपालकै लोकप्रिय पार्टी भएको बताइन्। आम नेपालीले मन पराएको पार्टी भएकै कारण आफूले एमाले प्रवेश गरेको उनको भनाइ छ।

उनका अनुसार अहिले पनि एमाले देशको पहिलो पार्टी हो। सारा नेपालीले विश्वास गर्ने पार्टी नै एमाले भएकाले यो नै देशको पहिलो पार्टी भएको उनको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा वलीलाई करिश्माले सारा देशकै सबैभन्दा लोकप्रिय नेता मात्र भनिनन् उनले विकास र समृद्धि चाहने नेतामध्ये पहिलो नम्बरमा ओली आउने पनि बताइन्।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन्। अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने पनि बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here