मकवानपुर, ९ चैत । मकवानपुरको मनहरी गाउँपालिका–६ बाट प्रहरीले ४२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

ना.६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ट्रकका चालक सोही गाउँपालिका–६ बस्ने ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका–१२ बस्ने ६० वर्षीय राजेश प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here