लमजुङ, १६ चैत

जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका- ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको साथबाट १०-१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका-७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको  हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here