काठमाडौँ – स्थानीय तह निर्वाचनकाे मिति नजिकिएसँगै नेताहरुकाे दाैडधुप बाक्लिएकाे छ। ठूला दलका शीर्ष नेताहरु दैनिकजसाे देश दाैडाहामा छन्।

यसैबीच बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओल बाँकेको नेपालगञ्ज जाँदैछन्। त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।

त्यसपछि ओली बर्दिया जाने कार्यक्रम छ। त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।

अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार सिरहा जाँदैछन्। प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको छ।

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो। क्षेत्र नम्बर ५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए।

तर, अहिले गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here