काठमाडौं । चैत २८, २०७८। निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण सोधेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८।१२।२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here