काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १६२ देशसँग रहेको छ ।
वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय नेपालीले नामै नसुनेका देशहरु रहेका छन् ।
भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।
यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ ।





