सप्तरी, १३ वैशाख

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सप्तरीमा ३२३ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जिल्लमा १८ वटा स्थानीय तहमध्ये नाैवटा नगरपालिकाका प्रमुखमा ६४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

यसरी नै उपप्रमुख पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए । नाैवटा गाउँपालिकाको अध्यक्ष पदका लागि ८६ जनाले मनोनयन दर्ता गराएका छन्।

उपाध्यक्ष पदका लागि ५३ जनाले मनोनयन दर्ता गराएका हुन्। वडाध्यक्षका लागि ७२१, महिला सदस्यमा ५५६, दलित महिला सदस्यमा ५४० र सदस्यमा ११३८ जनाले मनोनयन  दिएको प्रमुख जोशीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here