जुम्ला, २२ वैशाख

तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर २ जनाको मृत्यु भएको छ ।

रण बहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर  उनीहरुको मृत्यु भएको हो पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दल बहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here