भैरहवा, २ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन् । उनलाई प्रधामन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए भने होटल पवन प्यालेसमा देउवा र माेदीबीच १५ मिनेट छलफल हुनेछ ।

त्यसपछि १२ः४५ देखि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने, देउावाले मोदीसहित आएको टोलीलाई दिवाभोज दिने, भोजपश्चात विभिन्न पक्षसँग पुनः भेटवार्ता र सम्झौता गर्ने
३ः३० मा मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here