काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ ।
यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ । ती स्थानीय तहमा पनि काँग्रेसकै आग्रता रहेको छ ।
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगलबारदेखि मात्रै मतगणना सुरु भएको छ भने काठमाडौं महानगरपालिकाको मतगणना पनि जारी रहेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुने देखिएको छ ।





