काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धिको तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा पेस गर्न लागेको वार्षिक बजेटमार्फत कर्मचारीको तलब वृद्धिको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कर्मचारी, प्रहरी, शिक्षक, सेनालगायतको तलब दुईहजारसम्म बढाउने तयारी अर्थ मन्त्रालयको छ ।





