बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले १४ लाख रूपैयाँ समाजसेवामा खर्चिएको दाबी गरेका छन् । सेवा सुविधा वापत ५७ महिनामा प्राप्त १९ लाखमध्ये उक्त रकम समाजसेवामा खर्चिएको उनको दाबी छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै चन्दले क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्वर्गीय भानबहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निशुल्क एम्बुलेन्स सेवा, मठ मन्दिरमा आर्थिक सहयोग तथा आर्यघाट व्यवस्थापनसँगै विरामीहरूको औषधी उपचारमा सहयोग गरेको बताए ।





