स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।

जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे । जस्तोः नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गर्न बन्द गर्ने, नागरिक निगरानी समूह बनाउने । तर, उनलाई यसमा सफल हुन दिइएन ।

उनले यसबीचमा खानेपानी नआएको सम्बन्धमा गुनासो दर्ता गर्न फोन नम्बरहरु सार्वजनिक पनि गरेका छन् । उनले हरेक घण्टाजसो सामाजिक सञ्जाल फेसबुकमा धरान र धरानका जनतालाई मध्यनजर गर्दै स्टाटसहरु लेखिरहन्छन् । ‘धरानको रक्षा र उन्नति गर्छु भन्दा मान्दैनन् भने जनतालाई फैसला गर्न छोडिदिनेछु ! जनताले जे चाहन्छन्, त्यही होस् ! जय धराने जनता,’ उनले मंगलबार ढुंगा गिटी उत्खनन् गर्न नदिने गरी कार्यपालिकामा राखेको प्रस्तावमा वडाध्यक्षहरुले विरोध गरेकोप्रति लक्षित गर्दै स्टाटस लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here