राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले दुर्गम क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा नपाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले १ सय प्रकारका औषधी निःशुल्क दिएको बताउँदै दुर्गम क्षेत्रका सरकारी अस्पतालले नै औषधी नदिने बताइन् ।

जिल्ला अस्पतालमा औषधी र डाक्टरको अभावले अस्पताल नै अलपत्र अवस्थामा पुग्ने गरेको उनको भनाई छ । स्वास्थ्य बिमाको कार्यक्रम लापरवाही अवस्थामा रहेको, कसरी स्वास्थ्य बिमा हुन्छ त्यो जनताले थाहा नपाउने अवस्था रहेकोले त्यसका लागि सरकारले ठोस योजना नभएको सांसद पौडेलले बताइन् । देशका कुन क्षेत्रमा कति अस्पताल, कति डाक्टर चाहिन्छ भन्ने सरकारलाई थाहा नभएको र स्वास्थ्य क्षेत्रमा सरकारले ध्यान नदिएको उल्लेख गरिन् ।

यस्तै शहरी विकास मन्त्रालयले बजेट तथा कार्यक्रममाथि बोल्दै उनले शहरी विकास मन्त्रालयले वैज्ञानिक खाका ल्याउन नसकेको बताइन् ।  काठमाडौं, भक्तपुर र ललितपुर जस्ता साँस्कृतिक शहरको संरक्षणका लागि, साँस्कृतिक शहर विकासका लागि खाका आउन नसकेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here