नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी शर्मा ओलीलाई तानाशाह भन्ने सांसदहरुले अहिले प्रधानमन्त्री देउवासामु नुन खाएको कुखुरो जस्तै भएर बसिरहेको आरोप लगाएका छन् ।

आइतबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिदै पुर्व गृहमन्त्री समेत रहेका अधिकारीले यही संसदबाट केपी ओली तानाशाह भए भनेर कुर्लने सांसदहरु अहिले झोक्रिएर बसेको बताएका हुन् ।

‘यो संसदमा माननीय सदस्यहरुले जोडतोडका साथ राष्ट्रिय अनुसन्धान विभाग किन प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गरियो ? सम्पत्ति शुद्धीकरण विभाग किन प्रधानमन्त्री मातहत केन्द्रीत गरियो ? अरु अरु किन गरियो ? केपी ओली तानाशाही भए भनियो तर शक्तिको मोह भयो भनेर भन्ने माननीयहरु आज नुन खाएको कुखुरो जस्तै ओइलाएर किन बस्नुभएको छ ?’, अधिकारीको प्रश्न छ । उनले आज त्यो सवै शेरबहादुर प्रधानमन्त्री भएपछि समाप्त भयो ? भनेर सत्तापक्षका सांसदहरुलाई प्रश्न समेत गरे । त्यतिमात्र होइन उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सवै शक्ति केन्द्रीकृत गरेर किन बसिरहनुभएको भन्दै जवाफ दिन माग गरे ।  ‘शेरबहादुर देउवा सवै शक्तिको केन्द्रीकरण गरेर किन बस्नु भएको छ ? यसको जवाफ नदिई तपाईहरु कुन नैतिक आधारमा छलफलमा भाग लिनुभएको छ ? जवाफ चाहिन्छ’, अधिकारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here