कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयानमा पाण्डेको ज्यादतीबारे थप डरलाग्दो खुलासा गरेकी छिन् । पाण्डेले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । पाण्डेले उनकै योजनामा पाण्डेका अर्का साथीलाई पनि पाण्डेकै अगाडि बलात्कार गर्न लगाएको समेत युवतीले आफ्नो बयानमा भनेकी छिन् ।
पीडित युवतीको बयानमा पाण्डेले मलद्वारमा समेत मैथुन गरेको, मुखमैथुन गरी अमानवीय हर्कत गराएको मुख मैथुन गर्न लगाई मुखमै वीर्य स्खलन गराएको लगायतका कारुणिक बयान दिएकी छिन् । मनोजको यातनाकै कारण आफूले सुन्दरी प्रतियोगितामा भाग लिएको ६ महिनामै गुडिरहेको गाडी अगाडि पुगेर आत्महत्याको प्रयास गरेकोसमेत उनले खुलाएकी छिन् ।
मनोज पाण्डेले त्यतिबेला दिएको यातनाकै कारण आफू शारीरिक र मानसिकरुपमा विक्षिप्त बनेको र पटकपटक आत्महत्याको प्रयाससमेत गरेको उनले बताएकी छिन् । अन्तिमपटक कुनै डाक्टरले पहिलेको घटना बाहिर ल्याए मानसिक समस्याबाट बाहिर आउन सक्ने भनेकाले यो घटनाबारे खुलासा गरेको उनले बताएकी छिन् ।





