कुनै समय विश्व विजेता अलेक्जेण्डर द ग्रेटका सेनाले भारत आक्रमणपछि आफ्नो देश फर्किन प्रयोग गरेको बाटो ‘मकरान मार्ग’ अहिले समुन्द्र तटीय राजमार्गमा बदलिएको छ । यो राजमार्गलाई कैयौँले दक्षिण एसियाको सबैभन्दा सुन्दर र मनमोहक मार्ग मान्छन् ।
मध्य कराँचीबाट ३० किलोमिटर पश्चिम र बलुचिस्तान प्रान्तको सिमानामा पाकिस्तानको आतङ्कवाद विरोधी दस्ताका सिपाहीहरू मलाई पर्खिरहेका थिए ।
हातमा एके–४७ बोकेका सिपाहीले हाम्रो कारनजिक आएर मेरो राहदानी र ‘नो अब्जेक्सन सर्टिफिकेट’ जाँच गरे । पाकिस्तान सरकारले विदेशीहरूले देशको संवेदनशील क्षेत्रहरूमा यात्रा गर्नुअघि नो अब्जेक्सन सर्टिफिकेट नामको परमिट लिनुपर्ने व्यवस्था गरेको छ ।





