टोकियो ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ । एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here