काठमाण्डौँ ।

अधिकृत क्याडेट पदको लोकसेवा खुला प्रतियोगितात्मक लिखित परीक्षामा अभिनेत्री सुरक्षा पन्तबारे प्रश्न सोधिएको छ। सोमबार बिहान अभिनेत्री सुरक्षाले आफ्नो फेसबुकमा प्रश्न पत्र सेयर गर्दै खुशी व्यक्त गरेकी छन्। ‘लोक सेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण,’ उनले लेखेकी छन्।

नेपाली सेनाको लोक सेवा परीक्षामा ुफ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? भनेर प्रश्न सोधिएको हो। विकल्पमा प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर थिए।

अभिनेत्री सुरक्षा पन्त केही समयअगाडि फ्रेन्च फिल्म द एट माउन्टेनु लाई प्रतिनिधित्व गर्दै ७६ औं कान्स फिल्म फेस्टिभलमा पुगेकी थिइन्। यसअघि अभिनेत्री प्रियंका कार्की पनि कान्समा पुगेकी थिइन् तर उनले रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइनन्।

सुरक्षाले कान्सको रेड कार्पेटमा हिँड्दा नेपालमा मात्र नभई विश्वका सञ्चारमाध्यममा पनि चर्चा भएको थियो। कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलिब्रेटीको उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पन्त पनि परेकी थिइन्। उनले तेन्जिन छेतेन भुटियाले डिजाइन गरेको ड्रेस लगाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here