एजेन्सी।

औपचारिक रूपमा आज पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि पद्रर्शन सुरु भएको छ।

उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए। उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए।

गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन्। राजापाक्षेको मात्र नभएर यतिबेला प्रधानमन्त्री रनिल विक्रमसिंघेको पनि राजिनामा माग गरिएको छ।

हाल प्रदर्शनकारीलाई रोक्न देशमा संकटकाल घोषणा गरिएको छ। भीडलाई तितरबितर गर्न सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेको छ। यद्यपी अहिले प्रदर्शनकारी संसद् र प्रधानमन्त्रीको कार्यलयतर्फ बढेको प्राप्त विवरणमा जनाइएको छ।

राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अंगरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए। उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here