काठमाडौं।

उडिरहेको जहाजमा ट्वाइलेटभित्र चुरोट तान्ने युवक पक्राउ परेका छन्। बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाज भित्र चुरोट तानेको आरोपमा प्रहरीले २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरेको हो।

ती यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए। त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए। उनीमाथि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here