काठमाण्डौँ ।

पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो।

का अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका २ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले बताए । ‘बसमा २२ जना सवार रहेको र १३ जनालाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ ।

बस सडकबाट डेढ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here