काठमाडौं।
भारत र चीनबीच सन् २०२० यता लगातार सीमा विवाद जारी छ। सो मुद्दा अझै समाधान हुन सकेको छैन। यसै महिना जुलाई १७ तारिखमा पनि चीन र भारतका सैन्य कमाण्डरबीच १६ औं चरणको वार्ता सम्पन्न भएको छ। यद्यपी पूर्वी लद्दाख क्षेत्रको सिमांकन नगरिएको सीमा क्षेत्र एलएसीमा गतिरोध जारी छ।
लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी भारत र चीनबीचको सो सीमा क्षेत्र हो जसको पूर्ण रुपमा सिमाकंन भएको छैन। जसकारण त्यहाँका विभिन्न क्षेत्रमा भारत र चीन आफ्नो दाबी प्रस्तुत गर्दछन्।

सिमांकन नभएता पनि दुवै देशबीच यो सम्झौता भएको छ कि सो क्षेत्रमा दुवै देशका सेना जान पाउँदैनन् सो क्षेत्रमा गोलाबारी गर्न पाउँदैनन्। तर बारम्बार दुवै देशका सेना सो क्षेत्रमा घुस्ने गरेकाले त्यहाँ झडप हुँदै आएको हो।
सन् २०२० मा सो क्षेत्रमा गोलाबारी त भएको थिएन तर दुवै देशका सेना ढुंगा, भालासहित झडपमा उत्रिएका थिए।
अहिले १६औं चरणको वार्ता सम्पन्न भइसक्दा पनि दुवै देशका सेनाले एक–अर्कालाई एलएसीको विभिन्न हिस्सामा सेना तैनाथ गरेको आरोप लगाउने गर्दछन्।





