कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।
तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।
ओशो तपोवन व्यवस्थापनकी एक सदस्य सोभिता सिंखडाले रातोपाटीसँग भनिन्–‘उहाँले यहाँ ९ दिनको ध्यान पूरा गर्नुभएको हो । मिस्ट्रिक रोज भन्ने हाम्रो एउटा थेरापी हुन्छ । त्यसका लागि पूर्णरुपमा यहाँ १० दिन बस्नुभयो । साउन ११ गते बुधबार साँझ उहाँले सन्यास लिनुभएको हो ।





