काठमाडौँ ।
खोटाङमा केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार आइतबार बिहान गएको ६ रेक्टर स्केलको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो ।
मानवीय क्षति भएको विवरण भने उपलव्ध छैन ।





