उदयपुर।

बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन्।

सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन्।

पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताए।

उनका अनुसार बुधवार बिहानसम्म करिब ५० मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रममा जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरामा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थातर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here