काठमाण्डौँ ।

भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्रमणमा छन्।

‘भदौ तेस्रो साता भारतीय प्रधानसेनापतिको भ्रमणका लागि तयारी अघि बढेको छ। भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्छ’ रक्षा मन्त्रालयका एक अधिकारीले भने। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन्।

यसअघि साउन महिना भित्रै उनी नेपाल आउने संकेत भारतीय पक्षले दिएको थियो। तर दुई साता अघि भारतीय सेनाले प्रधानसेनापति पाण्डे भदौ तेस्रो साता मात्रै आउने जानकारी कूटनीतिक च्यानलबाट गराएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here