काठमाण्डौँ ।

आज शीतलनिवासमा अनुरोध पत्रसहित पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसको प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्। नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।

राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंगेल, अनिल योगी, प्रेम सिंह बस्नेत लगायतका एक दर्जनले पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले मूलतस् तत्कालै अंगिकृत नागरिकता दिने बिषयमा आपत्ति जनाएका थिए। राजेश अहिराजले थाहाखबर सँग कुरा गर्दै अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने र बाबुआमा पत्ता नलागेकालाई पनि वंशज नागरिकता दिनु नहुने र गलत ढंगले नागरिकता लिनेलाई भन्दा नागरिकता दिने अधिकारीलाई दोब्बर सजाय हुनु पर्ने सुझाव आफूले दिएको बताए।

उनीहरुले हाल प्रस्तुत नागरिकता विधेयक राष्ट्रका लागि घातक सावित हुने भन्दै यसलाई रोकेर पुनर्विचारका लागि संसदमै पठाउन सुझाव दिएका छन्। यस बिषयमा राष्ट्रपति भण्डारीले केही प्रतिक्रिया नदिएको बताइएको छ भने यस बारेमा राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले उहाँहरुको भनाई राष्ट्रपति ज्यूले गम्भिरतापूर्वक सुन्नु भएको बताए।

तर भेटमा गएका एक सदस्यले संविधानले दिएको अधिकार भित्र रही राष्ट्रहित अनुकुल काम गर्न आफू तयार रहेको र २००७ सात सालदेखिको नागरिकता सम्बन्धी कानुनी र राजनीतिक अध्ययनमा रहेको राष्ट्रपतिले बताएको थाहाखबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here