काठमाडौं।
अमेरिकामा हालै एक पसल लुट्न पुगेका हतियारधारी समूहलाई ८० वर्षका वृद्धले गतिलो पाठ सिकाएका छन्।
युएसए टुडेका अनुसार दक्षिणी क्यालिफोर्निया क्षेत्रमा पसल लुट्नका लागि चार जना नकाबधारी व्यक्ति हतियारसहित पुगेका थिए।
तर लुट्ने व्यक्तिहरु पहिल्यै देखेका पसलका मालिक ८० वर्षे वृद्धले पसलमा पस्नासाथ सटगन चलाइदिए। त्यसपछि लुटेराहरु रुँदै कराउँदै भागेका थिए जसको भिडिओ यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। एक लुटेराले मेरा हात चुँडियो भनेको प्रस्ट सुन्न सकिन्छ।
खबरअनुसार ती चारै जनालाई प्रहरीले गिरफ्तार गरिसकेको छ। सटगनले घाइते भएका व्यक्ति भने अस्पतालमै उपचाररत छन्। उनीहरुको कारबाट चोरी गरिएको हतियार पनि बरामद भएको जनाइएको छ।
(भिडिओ)





