काठमाडौं ।
काठमाडौं उपत्यकामा परेको अविरल वर्षाको कारण काडाँघारीस्थित प्रहरी प्रभाग डुबानमा परेको छ । गएराति परेको वर्षाले प्रहरी प्रभागको तल्लाको पुरै भाग डुबानमा परेको हो ।
बाढीले प्रभागमा रहेको मेसको आधा भाग बगाएको, मेस भित्र भएको ग्यास,खाद्यान्न, भाडाहरू,फर्निचरको सामान सबै बगाएको छ । कार्यलयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल बगाएको र बाँकीको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





