काठमाडौं।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको छ।

अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here